शुक्रबार, २८ चैत्र २०८१ २२:०६

सियारी गाउँपालिकामा “प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०७८” फाल्गुन १६ देखि

शनिबार, १४ फाल्गुन २०७८ १५:१२

फाल्गुन १४, हेल्लो नेपाल ।

रुपन्देहीको सियारी गाउँपालिकामा “प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०७८” हुने भएको छ ।

सियारी खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । सियारी गाउँपालिका अन्तर्गतका सात वटै वडा बाट विभिन्न क्लवको प्रतिनिधित्व गर्दै ११ टिम सहभागी हुने सो प्रतियोगिता यही फाल्गुन १६ देखि २३ गते सम्म सन्चालन हुनेछ । स्थानीय स्तरमा रहेका खेलाडी हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको सियारी खेलकुद विकास समिति संयोजक प्रकाश रेग्मिले जानकारी दिनु भयो। उहाँले हेल्लो नेपाल संग कुराकानी गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरुमा थप हौसला एवम् आत्माविश्वासको वृद्धि गर्ने समेत बताउनुभयो।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमले क्रमशः नगद रु. ३० हजार र २० हजारको साथमा शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर हुने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

खेल सियारी-७, कनरी स्थित खेल मैदानमा खेलाईने छ ।