सियारीमा जेष्ठ नागरिकहरुको घर घरमै गएर उपचार

फाल्गुन २८, तुलसीराम पौडेल
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिकाका जेष्ठ नागरिकको घर घरमा गएर स्वास्थ्य उपचार गर्ने घरदैलो अभियान चलाएका छन् । लुम्बिनी आरोग्य केन्द्र सियारी -३ हर्नैया ,सियारी गाउँ पालिका र लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको समन्वयमा सियारी -२ मा जनप्रतिनिधिहरु ,स्वास्थ्यकर्मी,महिला स्वास्थ स्वयंसेविका लगायतको टिम जेष्ठ नागरिकको स्वास्थ्य उपचारको लागि घरदैलो कार्यक्रम शुरु गरिएको थियोे । सियारी -२ का ९१ बर्षिय जेष्ठ बाट कार्यक्रम शुरुआत गरिएको हो।जेष्ठ नागरिकको स्वास्थ्य कार्यक्रम अन्तर्गत अश्वगन्धा , शिलाजित वितरण गरिएको थियोे ।त्यसै गरि सुगर ,पिसाब ,मलेरिया जाच गर्नुको साथै क्षयरोग जाचको लागि नमुना खकार संकलन समेत गरिएको थियो। घरदैलो अभियानमा सामान्य रोगको उपचारको लागि औषधि वितरण तथा रोग अनुसारको स्वास्थ्य परामर्श दिइएको थियोे ।यसै गरि गाउँपालिकाको अन्य वडाहरुमा पनि घरदैलो अभियान शुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारु,उपाध्यक्ष अमृता गुरुङ ,वडाका जनप्रतिनिधिहरु, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्दिबहादुर घर्ती ,लुम्बिनी आरोग्य केन्द्र सियारीका प्रमुख जिवन पोख्रेल ,मैनहिया हेपोका प्रमुख युवराज भण्डारी ,हेल्थ असिस्टेन्ट लक्ष्मण सुनार लगायत अन्य स्वास्थ्यकर्मीहरु अमृत बस्याल ,महेन्द्र अर्याल ,प्रवीणा बरइ लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकोे थियो ।