सियारीमा सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न घर भेट

सियारी- सियारी गाउँपालिकाले जगत जननी कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्न घर भेट कार्यक्रम गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ लगायत महिला स्वास्थ्यकर्मी सहितको टोलीले सुत्केरीको घर घर गएर भेट गरेको हो । गाउँपालिकाले मातृशिशु मृत्युदर न्यूनीकरण गर्न,सुत्केरीहरुको स्वास्थ्य अवस्था बुझ्न विगत १ वर्ष अघि देखि नै यो अभियान चलाउँदै आएको छ । गाउँपालिका स्तरिय कार्यक्रम अन्तर्गत जगत जननी कार्यक्रमलाई प्राथमिकतामा राखेर गाउँपालिकाले सुत्केरी महिलाको घरमा नै गएर पौष्टिक आहारको खानेकुरा समेत वितरण गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङले बताउनुभयो ।

उहाँले सुत्केरी हुँदा महिलाको ज्यान समेत जोखिममा पर्ने भन्दै सुत्केरी हुँदा अपनाउनु पर्ने सावधानीका बारेमा सचेत गराउने काम समेत गर्दै आएको उपाध्यक्ष अमृता गुरुङले बताउनुभयो ।
सियारी गाउँपालिका जगत जननी कार्यक्रम अन्तर्गत हालसम्म करिव ४०० जनालाई सुत्केरी हुँदा आवश्यक पर्ने स्वास्थ्य सामाग्री र पौष्टिक आहारकाे खानेकुरा वितरण गरेको छ । –