राष्ट्रिय युवा संघ, नेपाल सियारी गाउँपालिकाको प्रथम बैठक सम्पन्न
फाल्गुन १०, हेल्लो नेपाल ।
राष्ट्रिय युवा संघ, नेपाल सियारी गाउँपालिकाको प्रथम बैठक सम्पन्न भएको छ ।
मंगलवार बसेको राष्ट्रिय युवा संघ नेपाल सियारी गाउँपालिकाको बैठकले हरेक वडामा जिम्मेवारी हेर्ने गरी इन्चार्ज छनोट गरेको छ । बैठकले वडा नं १ को इन्चार्ज शम्भु भट्टराई र सह इन्चार्ज राकेश कुर्मी,वडा नं २ मा इन्चार्ज चन्द्रकेश यादव र सह इन्चार्ज किश कुमार दुबे,वडा नं ३ को इन्चार्ज सुनिल कुर्मी र सह इन्चार्ज उदयराज यादव,वडा नं ४ को इन्चार्ज विकास पुन र सह इन्चार्ज निशा ठाकुर,वडा नं ५ को इन्चार्ज कृष्ण मोहन यादव र सह इन्चार्ज थानेश्वर भुसाल वडा नं ६ को इन्चार्ज राजेन्द्र कँडेल सह इन्चार्ज इन्दु रिजाल र युका थापालाई तोकेको छ ।


त्यसै गरी वडा नं ७ को इन्चार्ज जिम्मेवारी प्रेम कुमार यादव सह इन्चार्जको जिम्मेवारी शिल्पा कुमारी साहनी र ग्यासुदिन अनसरीलाई दिएको छ । नेकपा एमाले सियारी गाउँपालिकाका इन्चार्ज खेमराज गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका सह–ईन्चार्ज कृष्ण नेपाल,नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका सह–ईन्चार्ज,नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका सह–ईन्चाज अमृता गुरुङ्ग,जिल्ला कमिटि सदस्य हुमाकान्ती भूर्तेल,


राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटि सचिव राजेन्द्र कँडेल,जिल्ला कमिटि सदस्य विद्या थारु,पूर्व जिल्ला कमिटि सदस्य तथा गाउँपालिका अध्यक्ष अयोध्या थारु,नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका अध्यक्ष शेर बहादुर गुरुङ्ग,गाउँकमिटि सचिवालय सदस्य प्रकाश रेग्मी लगायतले बोल्दै संगठन विस्तार सहित सबैलाई चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । बैठक सियारी गाउँपालिका युवा संघका अध्यक्ष अर्जुन रिजालको अध्यक्षता र सचिव लक्ष्मी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।