शुक्रबार, २८ चैत्र २०८१ २२:१८

शुद्धोधन गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ तथा पदभार ग्रहण

मंगलवार, १० जेष्ठ २०७९ ०३:२२

जेठ-१०, शुद्धोधन गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदभार ग्रहण गर्नुभएको छ ।

सोमवार शुद्धोधन गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले पहिलो निर्णय बिपन्न वर्गका सबै नागरिकलाई एम्बुलेन्स प्रयोगमा आर्थिक सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

उहाँले आफुलाई जनताले चुनेर पालिकाको जिम्मेवारी सुम्पेको बताउदै आफुले सबैको हितमा रही काम गर्ने बताउनुभयो । बस्यालले नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार किशुन चन्‍द्र चौधरीलाई १,७१३ मतान्तरले पराजित गरेका हुन् । बस्यालले ७,९८३ मत ल्याएका छन् भने उहाँका निकटतम प्रतिद्धन्द्धी किशुन चन्‍द्र चौधरीले ६,२७० मत ल्याएका छन् ।

यसैगरी पालिकाको उपाध्यक्ष भने नेकपा एमालेका उम्मेदवार शान्तादेवी ज्ञवालीले जितेकी छिन् । उहाँले ६,६८२ मत सहित विजयी भएकी हुन् । त्यस्तै उहाँका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शारदा भुसालले ३,२५५ मत ल्याएकी छन् । त्यस्तै पालिकाको वडा नं.–१ मा जनता समाजवादी पार्टी नेपालले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिका रुपमा काम गरिसक्नु भएका उदयराज गडेरिया पुनः वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै वडा न–२ मा नेपाली कांग्रेसका कमल खड्का,वडा नं.–३ मा नेकपा एमालेबाट हेमबहादुर खड्का पुनः जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ । त्यसै गरी वडा नं.–४ मा नेकपा एमालेको युवा नेता राजेन्द्र कडेंललाई हराउदैँ नेपाली कांग्रेसबाट केसवराज अधिकारी वडाध्यक्षका रुपमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै वडा नं.–५ मा नेपाली कांग्रेसका चन्द्रभान चौधरी,वडा नं.–६ मा नेपाली कांग्रेसबाट उपेन्द्र साहानी र वडा नं.–७ मा नेपाली कांग्रेसबाट भीमबहादुर यादव अध्यक्ष पदमा निर्वाचित निर्वाचित हुनुभएको छ । कूल जनसंख्या ४१,४७२ रहेको पालिकामा २७,५७८ मतदाता संख्या रहेको छ ।