शुक्रबार, १६ चैत्र २०८० १४:३८

शुद्धोधन–३ को दोगानमा नेकपा एमालको प्रचार प्रसार कार्यालय शुभारम्भ

मंगलवार, ८ चैत्र २०७८ १४:४८

शुद्दोधन– नेकपा एमालले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ को दोगानमा चुनावलाई लक्षित गरेर कार्यालयको शुभारम्भ गरेको छ ।

कार्यालयको नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीले शुभारम्भ गर्नुभएको हो । कार्यालयको शुभारम्भ गर्दै चौधरीले देशमा बिकास निर्माण र जनतालाई सुखी खुसी राख्ने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभयो । उहाँले शुद्धोधन गाउँपालिका नेकपा एमालेको लालकिल्ला भएको जिकिर गर्दै आगामी निर्वाचनमा जित हासिल गर्न नसके नेकपा एमालेलाई ठूलो क्षति हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शुद्धोधन–३ का वडाध्यक्ष हेम खड्काले आफु नेकपा एमालेबाट जनप्रतिनिधि भएकोमा गर्व लागेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा विकास निर्माणका कामले तीव्रता पाएको जिकिर गर्दै पुनः एमालेलाई बिजय गराउन आग्रह गर्नुभयो । त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सदस्य तथा क्षेत्र नं ३ संयोजक नरबहादुर घर्ती, नेकपा एमाले शुद्धोधन गाउँपालिका कमेटीका अध्यक्ष विष्णु गौतम, नेकपा एमाले जेष्ठ नागरिक अग्रज नवराज भट्टराई, जिल्ला कमिटी सदस्य गोबिन्द घिमिरे लगायतले बोल्दै आगामी निर्वाचन पश्चात देश एमालेमय बन्ने ठोकुवा गर्नुभयो । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष चेतनारायण गौतमको अध्यक्षता, पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीको प्रमुख आतिथ्यता, जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको विशिष्ट अतिथिता, पार्टी नेता मणिप्रसाद खनालको स्वागत तथा नेपाल राष्ट्रिय बुद्धिजिवी परिषद् रुपन्देहीका सदस्य कृष्ण काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।