आईतवार, १९ असार २०७९ ०५:०८

शुद्धोधनमा जेसिज सप्ताह हुने

आईतवार, १५ जेष्ठ २०७९ ०६:२०


जेठ १५, रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शुद्धोधन जेसिजको आयोजनामा जेसिज सप्ताह हुने भएको छ। शुद्धोधन जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि मुकेसको कुवरको ” कार्यसम्पादन बाट नै युवाको बिकास” भन्ने प्रकरण लाई आत्मसाथ गर्दै जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह गर्ने निर्णय गरेको हो । जेसिज सप्ताह कार्यक्रम सफल बनाउन अध्यक्ष सल्लाहकार रमेश गौतमको मुल संयोजकत्व तथा पदाधिकारीहरुको संयोजकत्वमा कार्यविभाजन गरी जिम्मेवारी तोकिएको शाखाका महासचिव महेन्द्र गौतमले बताउनुभयो ।

शुद्धोधन जेसिजले जेठ २४ गते सुरु गरिने सप्ताह कार्यक्रम अन्तर्गत उद्घाटन तथा ट्राफिक जनचेतना कार्यक्रम कार्यकारिणी उपाध्यक्ष राहुल खनालको संयोजकत्वमा ,२५ गते बक्तृत्वकला प्रतीयोगिता कार्यकारिणी उपाध्यक्ष रुपा पराजुलीको संयोजकत्वमा , २६ गते शुद्धोधन गायन प्रतियोगिता उपाध्यक्ष नवीन खत्रीको संयोजकत्वमा , २७ गते कर , आर्थिक मन्दि लगायतका विषयमा अन्तर्कृया कोषाध्यक्ष यज्ञराज आचार्यको संयोजकत्वमा , २८ गते संसदिय बैठक प्रणाली तालिम उपाध्यक्ष बिजय पराजुलीको संयोजकत्वमा , २९ गते अन्तर शाखा डबल व्याडमिन्टन प्रतीयोगीता उपाध्यक्ष बिष्णु पंगेनीको संयोजकत्वमा , ३० गते बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम उपाध्यक्ष सन्दिप बोहराको संयोजकत्वमा र ३१ गते जनप्रतिनिधि बधाई एवम् शुभकामना , पुरस्कार बितरण तथा समापन कार्यक्रम अध्यक्ष सल्लाहकार एवम् मुल संयोजक रमेश गौतमको संयोजकत्वमा हुने भएको छ ।

शुद्धोधन जेसिजले युवाहरुको नेतृत्व, क्षमता र ब्यक्तित्व विकास, रक्तदान ,स्वास्थ्य शिविरका साथै आर्थिक समस्याको कारण उपचार समस्या भएकाहरुलाई आर्थिक सहयोग गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।