बुधबार, १८ असार २०८२ ०६:५३

शुध्दाेधन गाउँपालिका-२ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन

शनिबार, २८ फाल्गुन २०७८ ११:२५

भुजौली, रुपन्देही

शुध्दाेधन गाउँपालिका २ बनगाइमा नेपाली कंग्रेसकाे प्रचारप्रसार कार्यालय उद्घाटन तथा क्रियाशील कार्याकर्ता भेला कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।

नेपाली कांग्रेस वडा नः २का सभापति कमल खड्काको अध्यक्ष्ातामा नेपाली कांग्रेस महासमिति सदस्य तथा शुध्दाेधन २का वडा अध्यक्ष विष्णुप्रसाद बस्याल काे प्रमुख्यातामा र नेका महाअधिवेशन प्रतिनिधि शिवराम न्यौपानेको विशिष्टता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले कार्यक्रमको उद्घाटन गर्दै यश यस प्रचारप्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै अब स्थानीय चुनावमा सबै नेपाली कंग्रेसका कार्यकर्ता एकजुट भएर वडा लाई मात्र नभई गाउँ पालिका समेत जिताउने लक्ष्य राखी सबै कार्यकर्ता लाग्न आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा पुर्व जिल्ला सदस्य पलटन चौधरी,शुध्दाेधन गाउँ पालिका समितिका सभापति दामोदर पौडेल,पुर्व महासमिति सदस्य भगवती चौधरी,प्रदेश (ख) सभापति घनश्याम चालिसे,नेपाली कांग्रेस महा अधिवेशन प्रतिनिधि शिवराम न्यौपाने लगायतले नेपाली कांग्रेसले सदैब नेपाली नागरिकको हितको कार्य गर्दै आएको र अगामी दिन हरुमा पनि गर्ने भन्दै शुभकामना मन्तब्यमा व्यक्त गर्नुभएको थियो।प्रदेश (ख) का सचिव उमाकान्त चापागाईंकाे स्वागतमा र नेपाली कांग्रेस शुध्दाेधन २का सचिव सरोज खनालको संचालनमा साे उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

Gagal mengambil konten.