शुक्रबार, २८ चैत्र २०८१ २२:१८

शुध्दाेधनमा एक दिवसीय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

शनिबार, ५ चैत्र २०७८ १५:४४

भुजौली, नगेन्द्र केसी

रुपन्देहीको शुद्दोधन गाउँपालिका -२ भुजौली स्थित ख – बनगाई स्वास्थ्य चौकीमा एक दिवसीय नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।

नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौको आयोजना र शुद्दोधन गाउँपालिकाको सहयोग एवं समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो।नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडले उक्त शिविरको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले शुद्दोधन गाउँपालिकाको समग्र विकासको लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।

नेपाल प्रहरी अस्पतालले गरेको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ हरु लाइ धन्यवाद दिदै नेपाल सरकारको अहिले कोबिट काे प्रकोपबाट नेपाल का बासिन्दालाई मध्यनजर गरि स्वास्थ्यमा ध्यानाकर्षण गरेको र नेपाल प्रहरी अस्पतालमा रहेका डाक्टर हरु नेपाल प्रहरीका ठुलो भन्दा ठुलो पदमा रहेकाे नेपाल प्रहरीले देशको मात्रै नभई देशमा रहेका आमजनताको स्वास्थ्यकाे देखरेख गरेको बताउनुभयो।थप्दै खांणले नेपाल प्रहरी सस्त्रप्रहरी हरु एउटा सम्मानका पात्र रहेको रहेको बताउनुभयो। शुध्दाेधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले नेपाल प्रहरी अस्पतालको आयोजनामा गरिएको बृहत स्वास्थ्य शिविरबाट गाउँ पालिकाका धेरैले लाभ उठाउनु हुने र यो योजनाकार नेपाल प्रहरी अस्पतालका प्रमुख लगायतका प्रतिनिधि हरु लाई धन्यवाद दिनुभयो।

शुध्दाेधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीकाे अध्यक्षता नेपाल सरकार गृहमन्त्री बालकृष्ण खांणकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुद्दोधन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी ,शुध्दाेधन -२ का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे उक्त स्वास्थ्य शिविरमा ६२५ सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएको कार्यक्रम संचालन खडवा बनगाइ स्वास्थ्य चौकी इन्चार्ज मदन पोख्रेलले जानकारी दिनुभएको थियो।