मंगलवार, ३० बैशाख २०८२ १९:५३

शुद्दोधन दर्बहवामा आयोजना हुने श्रीमद् भागवत महायज्ञकाे तयारी तिव्र गतीमा

बिहीबार, २ चैत्र २०७९ ०१:१०

शुद्दोधन- ५, चैत्र १

रुपन्देहीको शुद्धाेधन गाउँपालिकाकाे मानपकडी श्री दरबाहवा भुवनेश्वरी कोटहीमाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा नवाहा देवी भागवत महायज्ञ चैत्र ८ गते देखि १६ गते सम्म सन्चलान हुनेभएको छ।श्री दरबाहवा भुवनेश्वरी कोटहीमाई मन्दिरकाे प्राङ्गणमा चैतेदशैकाे अवसरमा चैत ८ गतेदेखि चैत १६ गतेसम्म नवाहा देवी भागवत महायज्ञ हुने प्रमुख कथा वाचक ऋषिकेश उपाध्याय काे मुखारविन्दु बाट श्रीमद् देवीभागवत पुराण महायज्ञ हुने दरबाहवा भुवनेश्वरी कोटहीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पुरानो ऐतिहासिक दरबहवा भुवनेश्वरी कोटहीमाई मन्दिरको प्रचारप्रसारमा कमीकमजोरीका कारणले मन्दिर ओझेलमा रहेको कारण मन्दिरलाई विश्व माझ ल्याउ र मन्दिरलाई ब्यवस्थित गर्न एउटा पर्यटकीय स्थानकाे सुरुवात गर्न मन्दिरको परिसरमै धर्मशाला निर्माण कार्यकाे मुख्य उदेश्यले नवाहा देवी भागवत महायज्ञकाे आयोजना गरिएको र मन्दिरको पहिचान बारेमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि २२ कि.मि. पश्चिम उत्तर व्यापारीक एवं औद्योगिक क्षेत्र ऐतिहासीक बुटवल नगरी देखि १८ कि.मि. दक्षिण पश्चिममा शुद्धोधन गाउँपालिका स्थित प्राचिन एवं एतिहासिक शक्तिपिठ श्री दरवहवा भुवनेश्वरी कोटहीमाई प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिएको यस क्षेत्रको प्राचिन एतिहासीकतालाई मध्येनजर गरी नेपाल सरकार पुरातत्व विभागले मिति २०७५ फागुनमा अध्ययन पश्चात करिव १३०० वर्ष पुरातन हुनुपर्ने अवलोकन गरेको र उक्त विभागले आफ्नो बोर्ड समेत राखेको अवस्था रहेको र गौतम बुद्धको जन्मभुमि लुम्विनीसंग मिल्दाजुल्दा ईट्टाबाट बनेका प्राचिन पर्खाल मन्दिरको पश्चिम उत्तर तर्फ आज पनि प्रत्यक्ष अवलोकन गर्न सकिने यस मन्दिर परिसरको नजिक ७ वटा कुवा रहेको थियोे।भन्ने पुराना बुढापाकाहरुको भनाई रहेता पनि साधारण रुपमा २ वटा कुवा आज पनि देखिन्छ।प्रत्येक वर्ष कात्तिक पूर्णिमामा १ हप्ते बृहत रुपमा मेला पनि लाग्ने गर्दछ।

मेलाको स्नानलाई सिद्धिपिठ मानेर भक्तजनहरु आफ्ना मनोकामना पूर्ण गर्नका लागि यहाँ विभिन्न जिल्ला र छिमेकी देश भारत बाट पनि भक्तजन हरु आउने गर्दछन। र ईच्छा पूर्ण भएको कुरा धेरैमा जिवन्त छ। मन्दिरको उत्तर पश्चिम तर्फ पानीको प्रवाह निरन्तर भएको देखिन्छ।यो नदि कहिल्यै सुकेको पाईदैन । बुटवलबाट प्रवाहित हुने तिलोत्तमा नदि पहिले मोतिपुर, मनोहरापुर, गौडी हुदै यहाँ बग्दै आउने गरेको र बुढी तिनाउ पनि भन्ने गरेको पाईन्छ। कालान्तरमा उक्त नदि पुर्व पश्चिम तर्फ सर्न थालेपछि र यहाँ पानीको माथिल्लो श्रोत नभएपनि रजाढ देखि यता पानीको श्रोत बाह्रै महिना निरन्तर रहीरहेकोले यसलाई स्थानीय भाषामा सुखली नदी पनि भन्ने गरेकाे छ।परापुर्वकालमा यहाँ स्थानीय राजाको दरवार थियो भन्ने किम्वदन्ती रहेको छ ।

आज पनि स्नातन धर्मावलम्वीहरु आफ्नो मनाकामना पुरा गर्न देवी पूजा र बलि पूजा गर्दै भक्तजन हरुकाे आइरहेका छन। दरवार शब्द आज स्थानीय भाषामा दरवहवा हुदै दरवहवा भएको अनुमान गरिन्छ।जुन दरवहवा मेलाको नामले परिचित छ।यस धरोहरको रुपमा रहेको देवीस्थललाई परापुर्वकाल देखि आज सम्म समर्पित रुपमा संरक्षण गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो।उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शुद्धाेधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा शुद्धाेधन ६ का वडा अध्यक्ष उपेन्द्र शाहानी,मानपकडी ब्यापार समितिका अध्यक्ष सिवराम न्यौपाने,वडा नः५ का निवर्तमान अध्यक्ष पुन्नेराम गौतम, मन्दिर व्यवस्थापन समितिका पद अधिकारी,बुद्धिजीवी, विभिन्न राजनीति दलका प्रतिनिधिहरु उपस्थितिमा मन्दिर समितिका निवर्तमान सचिव बाबुराम खरेलकाे स्वागतमा र समितिका स-सचिव जिवलाल पौडेलको सञ्चालनमापत्रकार सम्मेलन सम्पन्न भएको थियो।