२५ औँ वार्षिकोत्सव को अवसरमा दिपनगरमा कक्षा १२ उतिर्ण विधार्थीहरुलाई सम्मान

फाल्गुन २८, हेल्लो नेपाल ।
तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद् बुटवल-६, दिपनगर इकाई समितले आफ्नो २५ औँ वार्षिकोत्सव रजत जयन्तीको अवसर पारेर कक्षा १२ उतिर्ण विधार्थीहरुलाई सम्मान गरेको छ ।

शनिबार समितिले बुटवलमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ उतिर्ण विधार्थी हरुलाई प्रोत्साहन स्वरूप सम्मान गरेको हो । समितिले कक्षा १२ उतिर्ण १० जना विधार्थी र सोही अवसरमा १ जना समाजसेवीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्य समिति, रुपन्देहीका अध्यक्ष विमला गुुरुङले तमुहरुको पहिचान बचाउन युवा पुस्ता जागरूक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गुरुङ समुदाय को छुट्टै भाषा संस्कृति रहेको बताउँदै समुदायको पहिचान गुम्न नदिन युवा पुस्ता सजक बन्नु पर्ने बताउनुभयो । कार्यक्रममा मनिराज गुरुङ,तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद् जिल्ला मांगी अध्यक्ष जमुना गुरुङ, सदस्य कमला गुरुङ,तमु युवा छोज धी जिल्ला कार्य समिति संगठन सचिव अर्जुन गुरुङ, सह-कोषाध्यक्ष राजेश गुरुङ लगायत अन्य ईकाई समितिका अध्यक्ष लगायत को सहभागी रहेको थियो ।

कार्यक्रम तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद् बुटवल-६, दिपनगर इकाई समितका अध्यक्ष रस बहादुर गुरुङको अध्यक्षता र दीप नगर ईकाई समितिका सचिव सु. नर प्रसाद गुरुङको संचालन मा सम्पन्न भएको थियो ।