बिहीबार, २१ मंसिर २०८० ०९:४३

देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तिएको छ- विष्णु प्रसाद पौडेल

सोमबार, १४ चैत्र २०७८ १४:०२

भैरहवा- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तिएको बताउनुभएको छ ।


नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले पाँच दलीय गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा दिदैँ  बालुवाको लड्डु नबने जस्तै पाँच दलीय गठबन्धन पनि नबन्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएको पौडेलले पाँच दलीय गठबन्धनलाई  चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउदै पाँच दलिय गठबन्धन सरकार निर्वाचन कुनै पनि हालतमा सार्ने मनिस्तिथिमा रहेको भएता पनि एमालले जनस्तरबाट नै सशक्त दबाब र खबरदारी गरेकोले निर्वाचन रोक्ने चाहना पुरा हुन नसकेको जिकिर गर्नुभयो । उहाँले सबैको चाहना,आशा,भरोसा र नेपाली जनताले पत्याएको पार्टी नै एमाले रहेको बताउदै देशभर  नै एमालेले जित्ने दाबी गर्नुभयो ।  

उपाध्यक्ष पौडेलले निर्वाचनमा पाँच दल मिलेर आए पनि एक्लै आए पनि निर्वाचनमा एमालेलाई जित्न सक्ने तागत कसैसगँ नभएको भन्दै  यस पटकको निर्वाचनमा एमालेको भाग्यमा बिजय र गठबन्धनको भाग्यमा पराजय लेखेको बताउनुभयो ।

कार्यक्रममा जसपा र अन्य विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।