बुधबार, १७ आश्विन २०८० ००:१८

अरुणा शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित

शनिबार, १९ चैत्र २०७८ १६:३८

काठमाडौँ- नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छिन् ।

नेपाल भलिबल संघले २०७७ सालमा गरेको प्रदर्शनका आधारमा अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो । सम्मानसँगै अरुणाले ४० हजार रुपैयाँ प्राप्त गरिन् । पछिल्लो पटक नेपाली महिला भलिबल टिमले अन्तराष्ट्रिय स्तरमा पाउको सफलता अरुणाको कप्तानीमा पाएको थियो । यस्तै पुरुष तर्फ गण्डकी प्रदेशका घनश्याम चौधरीले यो पुरस्कार पाए । टाइगर कपको उत्कृष्ट खेलाडी बनेका उनले पनि ४० हजार रुपैयाँ हात पारे । सम्मानपछि अरुणाले संघले खेलाडीको हौसला बढाउने काम गरेको बताइन् ।

तेस्रो संस्करणका रुपमा रहेको यो अवार्डसँग यो पटक खेलाडीको अक्षयकोषमा एक लाख रुपैयाँ थपिने भएको छ । यसअघि १० लाख रुपैयाँको अक्षयकोष हुँदा अब त्यसमा एक लाख रुपैयाँ थपिने त्यस्तै संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।

कार्यक्रममा संघले खेलाडीको हौसला बढाउनका लागि बिभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ ।