शनिबार, २२ आश्विन २०७९ ०४:३६

फर्साटिकर कपको फाइनलमा कालिका स्पोर्ट्स क्लबको प्रवेश

बिहीबार, २४ चैत्र २०७८ ०९:४८

फर्साटिकर, चैत २४

रुपन्देहीको शुद्दोधन गाउपालिका-४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि संचालित नवौं शुद्दोधन गाउँपालिका फर्साटिकर कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तरगत बुधबार कालिका स्पोर्ट्स क्लब चितवन र झरना एफसी कुन्जलापुर बीच प्रतियोगिता सम्पन्न भएको थियोे ।प्रतियोगितामा कालिका स्पोर्ट्स चितवन दुइका विरुद्ध ५ गोलको अन्तरले विजयी भएको थियोे । पहिलो हाफको ४ औं मिनेटमा झरना एफसीका जर्सी नम्बर १३ का अनिलले पहिलो गोल गरेका थिए भने कालिका स्पोर्ट्सका जर्सी नम्बर ८ का रमेश बर्तौलाले गोल गरि बराबरीमा लगेका थिए । पहिलो हाफकै २७ औ मिनेटमा झरना एफसीका जर्सी नम्बर ७ का रोहित सुनारले २७ औ मिनेटमा गोल गरि टिमलाई अगाडि बढाएका थिए ।

पहिलो हाफकै ४१ औ मिनेटमा कालिका स्पोर्ट्सका जर्सी नम्बर ९९ का सुरेश कुमालले गोल गरि टिमलाई बराबरीमा लगेका थिए । दोस्रो हाफको ११ औ मिनेटमा कालिका स्पोर्ट्सका रुप बहादुर लामाले गोल गरी टिमलाई अग्रता बढाएका थिए । दोस्रो हाफको ३६ औं मिनेटमा जर्सी नम्बर ७ का यामिले टिमको लागि टिमको लागि चौथो गोल गरी टिमलाई जितको लागि सुनिश्चित गरेका थिए ।दोस्रो हाफकै थप समय सहित ४८ औ मिनेटमा कालिका स्पोर्ट्स कै जर्सी नम्बर ७ कै यामिले पाचौं गोल गरी दुइका विरुद्ध ५ गोलको अन्तरले टिमलाई विजयी गराउन सफल भएका थिए। बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलको घोषित म्यान अफ द म्याच पुरस्कार बापत कालिका स्पोर्ट्सका जर्सी नम्बर ९९ का सुरेश कुमालले नगद एक हजार पाच सय रुपैया प्राप्त गरेका थिए । सेमिफाइनलबाट फाइनलमा प्रवेश गरेका कालिका स्पोर्ट्स क्लब चितवन र केबिए ग्लोबल फुटबल क्लब भरतपुर बिच शनिबार फाइनल प्रतिस्पर्धा हुने खेल संयोजक आशिष् कार्कीले जानकारी दिनुभयो।