शनिबार, ६ बैशाख २०८२ ००:५२

अखिल नेपाल महिला संघले नगर तथा वडा कमिटीको अधिवेशनलाई तिव्रता

आईतवार, १० आश्विन २०७८ १३:३५

असोज १०, हेल्लो नेपाल ।
अखिल नेपाल महिला संघले नगर तथा वडा कमिटीको अधिवेशनलाई तिव्रता दिएको छ । यसै क्रममा संघको देवदह -२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा सम्मेलनमा  बोल्ने वक्ताहरुले महिलाहरु राजनीतिक रुपमा सचेत र जागरुक बनेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।

महिला अधिकारका लागि महिलाहरुको एकतावद्ध प्रयास आवश्यक रहेको बताउदै उनीहरुले अवसर पाए महिलाले पनि समाजको हरेक क्षेत्रमा अगुवाई गर्न सक्ने बताए ।

सम्मेलनमा बोल्दै प्रमुख अतिथी एवम अनेमसंघ क्षेत्रीय ईन्चार्ज विद्यालक्ष्मी गुरुङले महिलाहरुको जीवनस्तर परिवर्तन गर्न सके मात्रै समाजको परिवर्तन सम्भव रहेको बताउनु भएको थियो । देवदह नगरकी उपाध्यक्ष समेत रहनु भएकी गुरुङले समाज रूपान्तरण गर्न सवैको समान सहभागिता आवश्यक रहने धारणा राख्नु भएको थियो ।

त्यसै गरि सोही कार्यक्रममा बोल्दै संघ की  केन्द्रीय सदस्य रेवती घलेले महिलाहरुको एकताका लागि सवै महिलाहरुलाई संघमा गोलबन्द बनाएर लैजानु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा संघका नेताहरु यमुना पौडेल,देवी अधिकारी,केशुमाया श्रेष्ठ , नेकपा एमाले देवदहका नगर कमिटी सदस्य धर्मागत पाण्डे ,वडा कमिटी सदस्य दलबहादुर राकसकोटी लगायतले बोल्नु भएको थियो । भेलाले कुन्ती खरेल अध्यक्ष रहेको ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।