शुक्रबार, १२ बैशाख २०८२ २३:४४

अधिकारका निम्ति मगरहरु सचेत र जागरुक हुनु पर्ने

आईतवार, १७ आश्विन २०७८ ०३:०५

असोज १७, हेल्लो नेपाल ।
नेपाल मगर युवा संघ , देवदह नगर समितिको विशेष भेला देवदहमा सम्पन्न भएको छ । भेलामा बोल्ने वक्ताहरुले मगर समुदाय पनि राजनीतिक र सामाजिक अभियानमा निरन्तर रुपमा लाग्नु पर्ने बताएका थिए ।

मगरहरुको अधिकारका निम्ति आफै मगरहरु सचेत र जागरुक हुनु पर्ने बताउँदै उनीहरुले हरेक क्षेत्रमा मगर समुदायको सहभागिता गराउन सकिएमा मात्र राष्ट्रको प्रगती हुने धारणा  राखेका थिए ।

मगर युवाहरुले समय सापेक्ष रुपमा आफुलाई पतिवर्तन गरि प्रतिस्प्रधी शक्तिको रुपमा अघि बढ्नु पर्ने बताउदै वक्ताहरुले पहिलो प्राथमिकताको रुपमा शैक्षिक योग्यता हासिल गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने सुझाएका थिए ।

मगर समुदायको पहिचान र परिचय जोगाई राख्न मगर युवाहरुले भुमिका खेल्नु पर्नेमा जोड दिदै अतिथि वक्ताहरुले अधिकार प्राप्तिका लागि युवाहरु प्रतिवद्ध भएर लाग्नु पर्ने बताएका थिए ।

मगर युवा संघका नवीन थापाको अध्यक्षता र नेपाल मगर संघ , लुम्बिनी प्रदेश समितिका सदस्य जसु पुनमगरको प्रमुख आतिथ्यतामा भएको भेलामा संघ देवदहका सल्लाहकार  पदम थापा, संघका जिल्ला सदस्य केशर बहादुर पुन ,  देवदह नगर अध्यक्ष शोभा थापा, खरसिह श्रीस,पुर्व जिल्ला सह- सचिव विनोद थापा लगायतले बोल्नु भएको थियो ।

नेपाल मगर संघ , देवदह नगर समितिका सचिव मन बहादुर रानाको संचालनमा भएको भेलाले भुवन खासु अध्यक्ष रहेको २८ सदस्यीय नगर युवा समिती चयन गरेको छ । वाकी सदस्य पछि थप गरिने निर्वाचन समितिका संयोजक विनोद थापाले जानकारी दिनु भएको छ ।