शनिबार, १४ असार २०८२ १३:४०

अन्जानमै अपराधी बन्दै युवाहरु, दोष कस्को ?

बिहीबार, २३ भाद्र २०७९ ११:११


यम राना

भदौ–२३,हेल्लो नेपाल ।

२१ भदौमा दुई प्रकारका समाचारले चारै तिर चर्चा पायो । पहिलो नवलपुर जिल्ला अदालतले पल शाहलाई वलात्कार मुद्दामा सफाई दिएको तथा किशोरी यौन दुर्व्यवहार कसुरमा साढे दुई वर्षको कैद फैसला गरेको र दोस्रो नेपाली राष्ट्रिय क्रीकेटका टिम क्याप्टेन सन्दिप लामिछाने माथी एक किशोरीद्धारा वलात्कार अभियोग सहित मुद्धा दायर गरिएको ।

यी दुई खालका समाचारले थोरै समयमै धेरै चर्चा पायो । मानिसहरुले सामाजिक संजालमा आ( आफ्ना धारणाहरु सार्वजनिक गर्न थाले । दुई जना सेलिव्रेटीको विषय जोडिएको हुनाले पनि विश्व भरिका नेपाली समुदायमा यो समाचारले तरंग पैदा गर्यो । विभिन्न टीका( टिप्पणीले बजार तातीई रहयो । ूपल शाह बोल्ड आउट, सन्दिप लामिछाने क्रीजमा भन्ने जस्ता प्रतीकात्मक टिप्पणीले मानिसहरुको ध्यान त्यही समाचार तर्फ तानिई रहयो ।

समाचारमा आए जस्तै वलात्कारको आधार कानुनी रुपले पुष्टि होला नहोला तर नावालिका माथि जवरजस्ती करणी भन्ने अभियोगलाई सामान्य भने मान्न सकिँदैन । १८ बर्ष उमेर नपुग्दासम्म सहमतिमै यौन सम्पर्क भए पनि जवरजस्ती करणी मानिने नेपाली कानुन अनुसार पनि पछिल्लो समय यी यस्ता घटनाहरुले महत्त्व पाई रहेको छ ।

कलाकार पल शाह माथी दुई( दुई ठाउमा जवरजस्ती करणी गरेको भन्ने अभियोग सहित एक जना किशोरी कलाकारले तनहु र नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरिन । अन्त्यमा पिडित भनिएकी उनी होस्टायल भए पछि नवलपुर जिल्ला अदालतले कलाकार शाहलाई वलात्कार सम्बन्धि मुद्दामा सफाई दियो । पल शाह माथी कुन उद्धेश्यले मुद्धा हालियो,पिडित वालिकालाई होस्टायल हुनु पर्ने अवस्था किन आयो रु यी प्रश्नहरु सायद अनुत्तरित नै रहने होलान ।

सन्दिप लामिछाने माथिको अभियोग पनि कुन ढंगले अघि बढछ समयक्रम संगै थाहा पाइने छ । यहाँ चर्चा गर्न खोजिएको विषय यी यस्ता मुद्धा किन, कसरी र केका लागि भन्ने होइन । यो खालको परिस्थिति आखिर कहिले सम्म भन्ने मात्रै हो ।

दोष कस्को ?
मुलुकी अपराध संहिता २०७४ को दफा २१९(२) मा मुलुकी ऐन २०२० मा रहेको १६ वर्षे उमेर हदलाई थप २ वर्ष बढाइएको छ । मन्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरकी वालिकालाई करणी गरेमा जवर्जस्ती करणी मानिने छ ।अपराध संहितामा उल्लेख गरिएको छ ।

यसरी मुलुकी ऐन २०२० को व्यवस्थालाई २ वर्ष थप गर्दा वलात्कार अभियोगका लागि वैधानिक वाटो खुलेको कानुनविदहरु वताउछ्न । विश्वका अन्य मुलुकका कानुनी व्यवस्थालाई हेर्ने हो भने कोरिया वाहेकका देशमा सहमतीय यौन सम्पर्कको उमेर हद १८ वर्ष भन्दा कम तोकिएको छ । जापान १३ र फ्रान्समा १५ वर्षको मापदण्ड तोकिएको छ । औसतमा विश्व भरिको अवस्थालाई हेर्दा सहमतिय यौन सम्बधको उमेर हद १६ वर्ष रहेको छ ।

विश्वव्यापी रुपमा चलिआएको मान्यता विपरीत नेपालमा भने यौन सम्बन्धका लागि बढाइएको २ वर्षे उमेर हदले पल शाह र सन्दिप लामिछाने जस्ता धेरै युवाहरुलाई कठघरामा उभिन वाध्य तुल्याएको छ । सन्दिप लामिछाने माथि लागेको आरोपको छानविन गरि रहेको प्रहरीले जनाएको छ । उनी अहिले विदेशमा रहेको कारण प्रहरीले गिरफ्तार नगरे पनि मुद्दा दर्ता भएको अवस्थामा एक दिन प्रहरी नियन्त्रण वा सम्पर्कमा अवस्य आउनेछ्न ।

नेपाली बालबालिकामा हुँदै गएको शारीरिक विकाश,१६ बर्ष पुगे पछि वालिग भईन्छ भन्ने आम मान्यता, नयाँ पुस्तामा देखिएको स्वच्छन्दता, सामाजिक संजालको पहुँच तथा प्रयोग जस्ता कारण पनि १५/१६ वर्षको उमेर नपुग्दै घरजम गर्ने, आपसी सहमतिमा यौन सम्पर्क गर्ने जस्ता कार्यमा वालवालिकाहरु संग्लग्न हुँदै आएका छ्न ।


अभिभावकले पनि सन्तानको चालढाल, आनीवानीलाई ध्यान दिदै १६ वर्ष पुग्ना साथ विहेवारी गरि दिने चलन छ । धार्मिक मान्यताका कारण पनि छिट्टै नै विवाह गरि दिने चलन रहेको हो । अभिभावकहरुले पनि कानुनी व्यवस्थालाई ध्यान नदिदा समस्यामा पर्ने गरेका छ्न । तराईका केही समुदायले त विवाह गर्ने उमेर हदलाई १८ बाट घटाएर १६ वर्ष बनाउन माग गर्दै अभियान समेत संचालन गरिरहेका छ्न ।

नागरिकता प्राप्त गर्न १६ वर्ष, सवारी चालक अनुमती पत्र लिन १६ वर्ष भए पुग्ने तर सहमतिमा यौन सम्पर्क गर्न १८ वर्ष कुर्नु पर्ने भन्दै उनीहरुले उमेर हद सच्याउन आग्रह गरेका छ्न ।

कस्को दवाव, प्रभाव र चाहानामा १६ वर्षे उमेर हदलाई १८ पुर्याइएको हो , नागरिक समुदायमा चिन्ता र चासो बढेको छ ।

अन्जानमै अपराधी ।

पछिल्लो समय युवाहरु विभिन्न माध्यमवाट सम्पर्कमा आउने,भेटघाट गर्ने, मन मिल्दा शारीरिक सम्पर्क समेत गर्दै आएका छ्न । त्यसरी हुने सम्बन्ध र सम्पर्कले उनीहरुलाई कानुनी जटिलतामा फसाउदै गरेका कैयौ उदाहरण हामी वीच छ्न । ूमन मिल्दा चमत्कार , नमिले बलात्कार भन्ने उखान हाम्रो समाजमा चरितार्थ भएको छ ।


यसरी उत्पन्न हुने जटिलतामा समाज दुई भागमा विभाजित भएर आरोप- प्रत्यारोप गर्ने गरिएको छ । जसका कारण पिडक र पिडित भनिएकाहरु तथा उनको परिवारलाई पनि ठूलो अप्ठ्यारो पर्ने गरेको छ । कलाकार पल शाहलाई वलात्कारको अभियोग लगाउदै मुद्दा दर्ता गर्ने किशोरी गायिका होस वा खेलाडी सन्दिप लामिछानेलाई आरोप लगाउने किशोरी,उनीहरुको परिवारलाई समेत गाह्रो पर्न गएको छ ।

कानुनी व्याख्याले आरोपितहरु अपराधी सावित होलान तर आपसी सहमतिमा डुलेको, घुमेको , होटलमा गएर बसेको कुराले भने जवर्जस्ती होइन होला कि भन्ने आम बुझाई छ । कानुनी छिद्र फेला पर्दा त्यसमा खेल्न खोजिएको जस्तो पनि देखिन्छ ।

पल र सन्दिप एउटा प्रतिनिधि पात्र मात्रै हुन। यस्ता हजारौ युवाहरु कानुनको परिभाषामा अपराधी करार भई जेल जीवन विताउन वाध्य भएका छ्न । अपराध हो होइन थाहा नभएर अन्जानमै अपराधी बनेका पनि धेरै उदाहरणहरु हामी वीच छ्न ।


यसमा सरोकारवालाहरुले ध्यान पुर्याउनु जरुरी छ । हामीले नै तय गरेको कानुनी व्यवस्था हाम्रै लागि वाधक बनेको छ भने त्यसलाई सुधार गर्न किन नलाग्ने ?

Gagal mengambil konten.