शुक्रबार, १९ बैशाख २०८२ ०४:४७

अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन-शेखर कोइराला

मंगलवार, २९ चैत्र २०७८ १५:२१

चैत्र २९- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले मुलुकको अर्थतन्त्र सुधार गर्ने काम गर्न लाग्दा गभर्नरलाई कारवाही गरेर सरकारले सहि काम नगरेको बताउनुभयो ।

अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर नै हुने गरेको तर नेपालमा भने अनाहक तवरले कारवाही गरिएको उहाको भनाई छ । त्यस्तै उहाले विवादीत व्यक्तिलाई धमाधम नियुक्ती गर्नुको कारणबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाले स्थानीय तहको उम्मेद्वार चयनका कांग्रेसले केन्द्रबाट हस्तक्षेप गर्न नहुने उल्लेख गनुृभयो ।