शनिबार, १३ बैशाख २०८२ ००:१५

अवसर पाए युवाहरुले समाजको अगुवाई गर्न सक्छन्

सोमबार, १८ आश्विन २०७८ १४:५५

असोज -१८, हेल्लो नेपाल ।
राष्ट्रिय युवा संघ नेपाल , देवदह-५ र ६ को वडा अधिवेशन देवदहमा सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने वक्ताहरुले युवाहरुको भुमिकाबाट मात्रै समाज रुपान्तरणको संभावना रहेको बताएका थिए ।

युवाहरुले अवसर पाए समाजको अगुवाई गर्न सक्ने बताउदै उनीहरुले राजनीतिक रुपमा युवा सहाभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।

वक्ताहरुले नेपालको राजनीतिमा नेकपा एमाले मुख्य शक्ति भएकाले युवाहरु एमालेसँग गोलबन्द भएर अघि बढनु पर्ने धारणा राखेका थिए ।

समाजका हरेक क्षेत्रमा युवाहरुले चासो र जिम्मेवारी वहन गर्नु पर्ने बताउँदै उनीहरुले युवा सक्रियता विना रुपान्तरण असम्भव रहेको औंल्याएका थिए ।

युवाहरु विभिन्न खालका विकृतिको सिकार भएकाले उनीहरुलाई त्यसबाट मुक्त गरि उत्पादनको क्षेत्रमा लाग्न प्रेरित गर्नु पर्नेमा अतिथि वक्ताहरुले जोड दिएका थिए ।

युवा संघका जिल्ला सदस्य धनु सुनारको अध्यक्षता, संघका जिल्ला कार्यालय सदस्य मधु श्रेष्ठको संचालन  र संघका केन्द्रीय सचिवालय सदस्य अजय गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य सुरज खरेल,संघका जिल्ला सह- संयोजक विकास गहतराज, युवा नेता हिरा थापा,मिठु गिरी,विश्वास गुरुङ लगायतले  बोल्नु भएको थियो ।

अधिवेशनले वडा नम्बर -६ मा सुमन श्रेष्ठ र  वडा नम्वर -५ मा रोमन अर्याल अध्यक्ष रहेको  ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।