आइतबार ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि,७ जनाको मृत्यु

असोज–१७, हेल्लो नेपाल ।
नेपालमा आइतबार थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७० पिसिआर परिक्षणका क्रममा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ४ सय ५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ६९ हजार २ सय २४ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा १७ हजार ८ सय ४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।