शनिबार, ६ बैशाख २०८२ ०६:५६

आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने- बरिष्ठ उपाध्यक्ष पोखरेल

बिहीबार, १६ मंसिर २०७८ १२:०६

मंसिर १५, हेल्लो नेपाल ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायीत्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउनुभएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायीत्व भएको भन्दै यसले मात्र मुलकको बिकास र स्वतन्त्रताको रक्षा गर्न सकिने बताउनुभएको हो ।

उहाले देश बनाउने सपनालाई अघि बढाउनका लागि राजनीतिक स्थायीत्व रहेको र यसलाई कमजोर पार्न नहुने जिकिर गर्नुभयो । पोखरेलले जनप्रतिनिधिले जनतालाई सेवा दिने कुरामा पनि ध्यान केन्द्रीत गर्दै जनतासंग गरिएका प्रतिवद्धतालाई व्यहारमा लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

सवै दलले जनताको जिवनसंग गासिएका बिषयलाई आफ्नो कार्यक्रम बनाउनुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकका साथै नगरपालीकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।