शनिबार, ६ बैशाख २०८२ १०:५१

कुकुर जोगाउदा तिलोत्तमामा दुइ जना घाइते

बुधबार, १६ कार्तिक २०७९ ०८:१५

बुटवल । रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रीत भई दुर्घटना २ जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आइरहेको बा १९ च ६०२९ नम्बरको कार मंगलबार विहान तिलोत्तमा नगरपालिका १५ मा कुकुरलाई जोगाउने क्रममा अनियन्त्रीत भई कार डिभाइडरमा ठोक्किएको थियो।

दुर्घटनाबाट कारका चालक ओमसतिया गाउँपालिका–२ का २५ वर्षीय आचल गोयनका र २२ वर्षका अनप गोयनका घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइते दुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ । दुर्घटनाबाट कारमा समेत क्षति पुगेको छ भने डिभाइडर भत्किएको छ ।