शुक्रबार, २८ चैत्र २०८१ २१:४४

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्नु मुलुकका लागी दुखद- उपाध्यक्ष पौडेल

सोमबार, १२ मंसिर २०७९ ०५:४५

मंसिर–१२,हेल्लो नेपाल ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्नु मुलुकका लागी दुखद भएको प्रतिक्रिया दिनुभएको छ ।


प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदाँ कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको बताउनुभयो । उहाँले नेकपा एमाले र अन्य कुनै पनि दलले निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्न नसकेको बताउदै अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने गरी मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको उल्लेख गर्नुभयो ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पौडेलले मुलुकको सम्वृद्धि,विकास र स्थिर राजनीतिका लागी नेकपा एमालेको विकल्प नभएकोले देशलाई सही दिशामा लैजान एमालेले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा होमिएको जानकारी दिदै सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेले वहुमत ल्याउन नसकेको दाबी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले एमालेका शीर्ष नेताहरुलाई पराजित गर्ने योजना विफल भएको तर्क गर्दै अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नहुने गरी आफुले सबैको साझा जनप्रतिनिधि काम गर्ने विश्वास दिनुभयो ।