आईतवार, २३ चैत्र २०८१ २०:३४

केहि महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन ल्याउछौ- मनोज प्रभाकर

आईतवार, २९ श्रावण २०७९ १४:५२

साउन २९,

नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केहि महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा प्रभाकरले नेपाली टीममा देखिएको टेक्निकल कमजोरीलाई सुधार गर्दै केहि महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक आउने विश्वास व्यक्त गर्नुभयो । उहाले राम्रो ब्याट्सम्यान बन्नका लािग पावरमात्रै सवै कुरा नभएको र टेक्निकल सुधार महत्वपूर्ण भएको धारणा राख्नुभयो । विश्वका सफल खेलाडीहरु पावरमा भन्दा पनि टेक्निकल खेल खेलिरहेको उहाको भनाई छ । उहाले एक दिनको नेपाली खेलाडीसँगको बसाईमा पावरका साथै टेक्निकल कमजोरी सुधार गर्ने क्षमता देखिएको जिकिर गर्नुभयो । प्रभाकरले आगामी खेलहरुमा शतप्रतिशत नतिजा निकाल्ने गरि तयारी गर्ने बताउनुभयो ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।