शनिबार, ६ बैशाख २०८२ ०१:५५

कोरम नपुगेका कारण संसदीय सुनुवाइ समिति बैठक स्थगीत

सोमबार, ६ मंसिर २०७८ ०५:३४

मंसिर ६, हेल्लो नेपाल ।

कोरम नपुगेका कारण संसदीय सुनुवाइ समिति बैठक स्थगीत भएको छ ।

सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांस सांसदहरु उपस्थीत नभएका कारण बैठक प्रभावित भएको हो । आइतबारको बैठकमा नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ हुन नसकेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । १ घण्टा पर्खिदा पनि कोरम नपुगेपछि बैठक मंसिर १७ गतेसम्मका लागि स्थगीत गरिएको उहाले बताउनुभयो ।

समितिका सभापति कर्णले एमाले, माओवादी लगाएतका दलहरुको अधिवेशन चलिरहेकाले सांसदहरु उपस्थीत हुन नसकेको जानकारी आएको बताउनुभयो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।