कोशी प्रदेशसभाको बैठक कार्तिक २० गते बस्ने
विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ ।
गत कार्तिक १ गते अर्को सूचना नआए सम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो । प्रदेश सभा सचिवालयले सुचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो ।
प्रदेशसभा बैठकको कार्यसूचीकोे विषय भने उल्लेख गरिएको छैन । कोशीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो ।