गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुने- कांग्रेस नेता सिंह

असोज २ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुने बताउनुभएको छ ।
लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आइतबार काठमाडौंमा गरेको माल्यार्पण कार्यक्रममा नेता सिंहले गठबन्धनमा रहेका दलहरुलाई चित्त बुझाउने गरि सम्मानजनक ढंगले सिट बाँडफाँट हुने बताउनुभयो । उहाले आगामी निर्वाचनमा पनि संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउने दावी गर्नुभयो । नेता सिंहले यसअघि जनताले कम्युनिष्टलाई सरकारमा पुराएपनि कम्युनिष्ट दलहरुले जनताको म्यान्डेड अनुसारको काम गर्न नसकेको जिकिर गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ छ ।
त्यस्तै उहाले गणेशमान सिंहले देखाएको बाटामो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने जिकिर गर्नुभयो । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।