गठबन्धन नामको ग्याङले देश लुटेको छ- अध्यक्ष ओली
साउन–२२,हेल्लो नेपाल ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि दलहरुले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको साहारा लिइरहको बताउनुभएको हो ।
प्रचण्ड र माधव नेपालहरु कांग्रेस नामको बञ्चरोको बिँड भएको र उनीहरुको कुनै अस्तित्व नै नरहेको ओलीको भनाई छ । उहाँले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफु दोश्रो हुनका लागि उनीहरु कांग्रेसको पछि पछि हिडेको धारणा राख्नुभयो ।
कांग्रेसका पछाडी लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्काउने काम भएको तर्क गर्नुभयो । उहाले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अव निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताउनुभयो । आफु सरकारमा हुँदा जहाँ छोयो त्यहाँ बिकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहा खरानी पारेको उहाले बताउनुभयो ।
ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गर्नुभयो । आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उहाको भनाई छ
ओलीले हिजो एमाले सरकारले गरेका राम्राका कामको बारेमा जनतालाई बुझाइ एमालेको पक्षमा जनमत तयार गर्नुपर्ने बताउनुभयो ।