शनिबार, ६ बैशाख २०८२ ००:५२

गैडहवा ८ मा नेकपा एमालेको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

आईतवार, २० चैत्र २०७८ १३:२३

गैडहवा- नेकपा एमालेले गैडहवा गाउँपालिका- ८ मैनिया बजारमा चुनाव प्रचार प्रसारका लागि कार्यालयको स्थापना गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य भुमिश्वर ढकालले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो । ढकालले नेकपा एमाले र केपी ओलीको लोकप्रियता र विकासको रफ्तारलाई देख्न नसकी षड्यन्त्रपूर्वक ढंगले अदालतलाई दुरुपयोग गरेर परमादेशले बनाएको गठबन्धन सरकारले एमालेको सरकारले थालनी गरेको विकास निर्माणको लहरलाई रोकेको आरोप लगाउनुभयो । उहाँले गठबन्धन सरकारले गैडहवा-८ का विभिन्न योजनाहरुको बजेट समेत कटौती गरेको भन्दै आगामी निर्वाचनमा जनताले मूल्यांकन गर्ने बताउनुभयो ।

ढकालले ,” मैले श्री जनता आधारभूत विधालय को कम्पाउण्ड वालको निम्ति विनियोजन गरेको रु १० लाख,राजदिप आधारभूत विद्यालयको निम्ति विनियोजन गरिएको रु १० लाख,देउराली बाल उद्यानको निम्ति विनियोजन गरिएको १५ लाख किन कटौती गरिएकोमा आक्रोश व्यक्त गर्दै काँग्रेस र माओवादी विकास विरोधी रहेको बनाउनुभयो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४० जना एमालेमा प्रवेश गरेका थिए।कार्यक्रममा अनेम संघ लुम्बिनी प्रदेश कमिटी सदस्य बिन्दु श्रीष,एमाले रुपन्देही जिल्ला कमिटी सदस्य टिकाराम शर्मा,एमाले गैडहवा गाउँ कमिटी अध्यक्ष भुवन बहादुर राना मगर,एमाले गैडहवाका युवा नेता सुरेन्द्र पौडेल,एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं ५ “ख” का इन्चार्ज रामचन्द्र यादव लगायतले बोल्दै देशमा समृद्धि र विकास गर्ने पार्टी एमाले मात्रै रहेको उल्लेख गर्दै एमालेलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रम एमाले गैडहवा ८ का अध्यक्ष चन्द्र प्रकाश गौचनको अध्यक्षता,एमाले गैडहवा गाउँ कमिटी सदस्य माधव पौडेलको स्वागत तथा एमाले गैडहवा ८ सचीव क्रान्ति कुमार ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।