आईतवार, २८ बैशाख २०८२ २१:४४

गैडहवा-८ मा नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

आईतवार, १३ चैत्र २०७८ ०४:११

गैडहवा- गैडहवा गाँउपालिकाको वडा नं.८ मैनियामा नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार कार्यालयको एक कार्यक्रमका बिच नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य फकरुदिन खानद्वारा उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी फकरुदिन खानले देश विकास गर्ने पार्टी नेपाली काँग्रेस मात्रै भएको बताउदै अब नेपाली काँग्रेसलाई जिताउन सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिए दिनुभयो। विभिन्न तत्वहरुले एमसिसिको बारेमा गलत कुराको प्रचार गरेता पनि नितान्त रुपमा एमसिसी राष्ट्र हितमा रहेको कुरा पनि उहाँले बताउनुभयो । नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई काँग्रेसको एजेण्डा घरघरमा गएर प्रष्ट पार्दै पार्टीलाई जिताउने अभियानमा सक्रियताका साथ लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रम विभिन्न पार्टी परित्याग गरि करिब १०० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। नव प्रवेशीलाई स्वागत गर्दै नेपाली काँग्रेस महासमिति सदस्य विष्णु पोखरेलले काँग्रेसलाई जिताउन एक ढिक्का भएर अगाडि बढ्न उनिहरुलाई अनुरोध समेत र्गनुभयो। कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.५ सभापति ओसीउल्लाह मुसलमान,नेपाली काँग्रेस क्षेत्र नं.५ प्रदेश सभा “क”का सचिव चित्र तुलाचन,लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि सदस्य मञ्जु न्यौपाने लागाएतले बोल्नु भएको थियो।कार्यक्रम नेपाली काँग्रेस गैडहवा वडा नं.८ का सभापति बबर अलि धुनियाको अध्यक्षता तथा नेपाली काँग्रेसका स्थानीय नेता अशोक शाहीको सञ्चालनमा सम्पन्न भएको थियो।