शनिबार, ६ बैशाख २०८२ ००:५४

गैडहवा-९ मा नेकपा एमाले को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

आईतवार, १३ चैत्र २०७८ १२:२४

गैडहवा- गैडहवा गाउँपालिकाको वडा नं ९ मा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन भएको छ।

कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले देश एमालेमय बन्दै गएकोले अबको स्थानीय निर्वाचनमा नेपाली जनताले एमालेलाई पहिलो पार्टी बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय स्वाधिनताको रक्षाको पक्षमा एमाले उभिएकाले अहिले राष्ट्रव्यापी रुपमा एमालेको जनलहर आएकाले कुरा जिकिर गर्दै सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई सक्रियताका साथ एमालेलाई जिताउने अभियानमा सरिक हुन उहाँले अनुरोध गर्नुभयो।

कार्यक्रममा नेकपा एमाले गैडहवा गाउँ कमिटी अध्यक्ष भुवन बहादुर राना,एमालेका युवा नेता सुरेन्द्र पौडेल,गैडहवा गाँउकमिटी पदाधिकारीहरु तिलक रिजाल,प्रेम राना लगाएतले आफ्ना भनाइहरु राखेका थिए।