शनिबार, ६ बैशाख २०८२ ००:५२

गैडहवा-९ मा नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

आईतवार, १३ चैत्र २०७८ ०४:१९

गैडहवा- रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ९ मा नेपाली काँग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ।

नेपाली काँग्रेसका महासमिति सदस्य तथा रुपन्देही क्षेत्र नं ५” क” का प्रदेश सभाका प्रत्यासी विष्णु पोखरेलले पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस अबको निर्वाचनमा पहिलो पार्टी बन्नेमा कुनै दुई मत नरहेको बताउनुभयो। नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै देशको चौतर्फी विकास काँग्रेस बाहेक कसैले गर्ने नसक्ने जिकिर गर्दै सम्पुर्ण नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई स्थानिय निर्वाचन लक्षित गतिविधिमा सक्रियताका साथ लाग्न अनुरोध गर्नुभयो।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ५ “क” का सचिव चित्र तुलाचनले विभिन्न पार्टीहरुले नेपाली काँग्रेसका विरुद्ध फैलाएका भ्रमलाई चिर्दै काँग्रेसको एजेन्डालाई घरघरमा पुर्याएर पार्टीलाई जिताउन युवाहरूले अहम भुमिका खेल्नु पर्ने समय आएको बताउनुभयो। कार्यक्रममा काँग्रेस रुपन्देही क्षेत्र नं ५ का सभापति वसिउल्लाह मुसलमानले निर्वाचनको समयमा कुनै पनि कार्यकर्तालाई घर घर जाऔं काँग्रेसलाई जिताऔं अभियान को विपरीत निष्क्रिय भएर बस्ने छुट नभएको बताउनुभयो । कार्यक्रममा काँग्रेस गैडहवा सभापति सत्यनारायण पठिक,लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि सदस्य मञ्जु न्यौपाने लगाएतले आफ्नो भनाईहरु राखेका थिए। कार्यक्रम नेपाली काँग्रेस गैडहवा ९ का सभापती टेकबहादुर बलालको अध्यक्षता,गैडहवा सदस्य पार्वती सुनारको स्वागत तथा गैंडहवा सचीव इन्द्र कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।