शुक्रबार, २८ चैत्र २०८१ २२:४४

चामुण्डा कृषि सहकारीको छैटौं साधारण सभा सम्पन्न

शनिबार, १८ मंसिर २०७८ १३:२१

तुलसी राम पौडेल, फर्साटिकर, मंसिर १८

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित चामुण्डा कृषि सहकारी सस्थाको छैटौं वार्षिक साधारण सभा हालै सम्पन्न भयो ।शुद्दोधन गाउपालिका प्रवक्ता एवं वडा नम्बर -४का वडा अध्यक्ष राजेन्द्र कंडेलले एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले सहकारीले व्याबसायी मुखी कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भयो ।

साधारण सभामा ७० वर्ष पुगेका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष शेर बहादुर काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यसै गरि सस्थाका कोषाध्यक्ष हुमराज ढकालले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने लेखा संयोजक रामजी पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाका अध्यक्ष शेर बहादुर काफ्लेको अध्यक्षता, शुद्दोधन गाउपालिका प्रवक्ता एवं वडा नम्बर -४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोमनाथ शर्मा ,असल बचत तथा ॠण सहकारीका अध्यक्ष बालकृष्ण पराजुली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । सस्थाका उपाध्यक्ष ओम बहादुर फौदारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव लेख बहादुर खत्रीले गर्नुभएको थियो ।