चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ बजे अवतरण गरेको हो ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार सहित १३० जना यात्रु सोही विमान मार्फत पोखरामा अवतरण गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको थियो ।