शनिबार, ६ बैशाख २०८२ ००:५२

जनताको हकहितको रक्षा र जीवनस्तर सुधार गर्ने कुरा हाम्रो पहिलो प्राथमिकता-छविलाल विश्वकर्मा

सोमबार, २३ फाल्गुन २०७८ १३:२२

फाल्गुन २३, हेल्लो नेपाल ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्मार्ले जनताको हकहितको रक्षा र जीवनस्तर सुधार गर्ने कुरा पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । देवदह नगरपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनको सोमबार उद्घाटन गर्दै विश्वकर्माले संघीय लोकतान्त्रिक व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहनु भएका विश्वकर्माले संविधानले जनतालाई दिएको अधिकार संरक्षण गर्न,गरिबी,भोकमरी हटाउन,भुमिहिन जनतालाई सुरक्षा र अधिकार सम्पन्न गराउनु नै अहिलेको मुख्य दायित्व भएको जानकारी दिनुभयो । उहाँले अब विकास निर्माणका काममा लाग्नुपर्नेमा जोड दिदै जनताको समस्यालाई समाधान गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा। कृष्ण न्यौपाने,देवदह नगरपालिकाको उप–प्रमुख विद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासे लगायतले बोल्दै देवदहलाईको रोहिणी नदिलाई पर्यटकिय नदिको रुपमा विकास गर्न संघिय , प्रदेश र स्थानिय सरकार अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनितीक व्यक्तित्वहरु , सुरक्षा प्रमुख, स्वास्थ्यकर्मीहरु, संघ संस्थाका प्रतिनिधिहरु, शिक्षकहरु र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल विकास संस्था, आमा समूह, विद्यालय स्वास्थ्यकर्मि, स्वयंसेवक, पत्रकार तथा संघ संस्थालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष झिल्लु न्यौपानेको अध्यक्षता , बैकुण्ठनगर टोल विकास संस्थाका अध्यक्ष कृष्ण हरि सापकोटाको स्वागत र वडा सचिब बामदेव पोखरेलको सञ्चालनमा भएको थियो ।