शनिबार, ६ बैशाख २०८२ ०६:५८

जनतालाई विश्वासमा लिएर मात्र एमसिसिलाइ अघि बढाउनुपर्ने- माधवकुमार नेपाल

बुधबार, ७ पुष २०७८ १६:४५

पुष ७, हेल्लो नेपाल ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई विश्वासमा लिएर मात्र एमसिसिलाइ अघि बढाउनुपर्ने बताउनुभएको छ ।

बुधबार रौतहटको वृन्दावन नगरपालिका ५ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्दै नेता नेपालले एमसिसि सम्झौताका बिषयमा सरकारसँग छलफल भईरहेको भन्दै जनतालाई विश्वासमा लिएर मात्र एमसिसिलाइ अघि बढाउनुपर्ने बताउनुभएको हो ।

एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधी स्वीकार गर्ने पक्षमा आफुहरु नरहेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भुमिमा विकास कार्य, रोजगारी सृजना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गर्नुभयो ।

उहाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठेरोमा पारेको आरोप पनि लगाउनुभयो ।