शनिबार, ६ बैशाख २०८२ ०७:००

जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा- ओली

मंगलवार, ६ पुष २०७८ १४:०६

पुष ६, हेल्लो नेपाल ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला ठुला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गर्नुभएको छ ।

नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको भन्दै एमाले नेतृत्वको सरकारले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गर्नुभएको हो । उहाले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राख्नुभयो । ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको पनि बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराउनुभएको थियो ।