जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
बाग्लुङ । बाग्लुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग स्थित बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गल्कोटदेखि बाग्लुङ जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप बुधबार बिहान अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।