बुधबार, १७ बैशाख २०८२ ०३:४७

झ्यालमा पर्दा छ की गायिका सुमन थापा मगर परिन सवारी दुर्घटनामा

मंगलवार, २६ आश्विन २०७८ १२:०२

असोज २६, हेल्लो नेपाल ।

लोकप्रिय लोकदोहोरी गायीका सुमन थापा मगर सवारी दुर्घटना परि घाइते भएकी छिन् । दशैंको लागि किनमेल गरेर घर फर्किने क्रममा काठमाडौंको बबरमहलमा उनी दुर्घटना परेका हुन्। दुर्घटनामा परेर उनको अनुहारमा चोट लागेको र हाल कान्तिपुर अस्पतालमा भर्ना गरिएको थापाको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ । दशैको किनमेल गरेर आफ्नै स्कुटीमा फर्किएकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन्। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ,ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन् । लोकदोहोरी क्षेत्रमा क्रियाशील थापाको झ्यालमा पर्दा छ,फूलमाया,माया रुने रामपुरमैं बसि लगायतका गीतहरु चर्चित छ ।