बुधबार, १७ बैशाख २०८२ २१:५३

ट्रकको ठक्करबाट रुपन्देहीको सैनामैनामा आमा छोराको मृत्यु

मंगलवार, १२ आश्विन २०७८ ०४:०२

असोज–१२, हेल्लो नेपाल ।

रुपन्देहीको सैनामैना स्थित बुद्धनगरको प्रतिक्षालयमा बस कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा दुवै जनाको ज्यान गएको छ । पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा बस कुरेर बसेका आमा छोरालाई ट्रकले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु हो। घटनाबारे ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।