ठूला राजनीतिक दलका नेताहरूले निर्वाचन जित्न झुटा आश्वासन बाड्ने गरेको छ -विरकट्टा
ठूला राजनीतिक दलका नेताहरूले निर्वाचनमा जित्न झुटा आश्वासन बाड्ने गरेको छ ।गरेको आरोप लगाउनुभएको छ ।

कार्तिक–२२,हेल्लो नेपाल ।
राष्ट्रिय जनमुक्ति पार्टीका समानुपातिक उम्मेदवार दल बहादुर विरकट्टाले ठूला राजनीतिक दलका नेताहरूले निर्वाचन जित्न अनेकौ झुटा आश्वासन बाड्ने गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर कमिटीले आयोजना गरेको राष्ट्रिय जनमुक्ति पार्टीको घोषणापत्र सम्बन्धमा पत्रकार र उम्मेदवार बीचको अन्तरक्रियामा बोल्दै चुनाव जितेपछि राजनीतिक दलले प्रतिबद्धता अनुसार काम नगर्ने प्रवृत्ति बढ्दै गएकोले त्यस्ता प्रवृत्ति रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनमुक्ति पार्टीले निर्वाचन जिते प्रतिबद्धता अनुसार काम नगर्ने दल र उम्मेदवार विरुद्ध अदालतमा मुद्दा चलाउन पाउने व्यवस्था गर्ने जनाउनुभयो ।
पार्टीका केन्द्रिय अनुगमन विभाग संयोजक बिरकट्टाले आफ्नो पार्टीका मुख्य एजेण्डा नै भ्रष्टाचार नियन्त्रण रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारीलाई राजद्रोहसरह मुद्दा चलाउने र भ्रष्टाचारीलाई आजिवन कारावासको सजाय सहित सर्वस्वहरण गरिनु पर्ने बताउदै सबै नागरिकलाई शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताउनुभयो ।
वीरकट्टाले जनताका सेवा गर्छु भनेर जनप्रतिनिधि बन्नेहरुले तलब सुविधा लिन नहुने तर्क गर्दै काठमाडौंको ऎतिहासिकतालाई जोगाउन विभिन्न मन्त्रालयहरू बनाएर सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।