मंगलवार, ३१ असार २०८२ ०६:१३

तामिलनाडुमा कार्यरत नेपाली नागरिक मित्रलाल गिरी सम्पर्क विहीन, खोजी कार्यको लागि आपिल

शनिबार, २८ असार २०८२ १४:०३

रुपन्देही, शुद्धोधन | २०७८ सालदेखि भारतको तामिलनाडु राज्यस्थित तिरुकोईलुरमा सुरक्षा गार्डको रूपमा कार्यरत रुपन्देही शुद्धोधन गाउँपालिका–४ निवासी मित्रलाल गिरी पछिल्लो समयदेखि सम्पर्कविहीन अवस्थामा रहेका छन्।

५६ वर्षीय श्री गिरी, स्व. जगत गिरीका सुपुत्र हुन् र लामो समयदेखि तामिलनाडुको तपोभनम क्षेत्रमा कार्यरत थिए। २०७८ असार २५ गते (तदनुसार २०२५ जुलाई ७ तारिख) बिहान करिब ५:३० बजे साथीहरूसँग चिया खाइसकेपछि “११ बजे खाना खान आउँछु” भनी आफ्नै कोठा तर्फ गएका थिए।

उक्त समयपछि उनलाई अन्तिम पटक देखिएको जानकारीमा आएको छ। संगै कार्यरत सोमनाथ बस्याल नामक साथीले बिहान ७:३० बजे गिरीको कोठामा जाँदा कोठा ताला लगाइएको अवस्थामा भेटिएको बताए। त्यसपछि विभिन्न माध्यमबाट सम्पर्क प्रयास गर्दा प्रारम्भिक रूपमा मोबाइल फोन उठाइए पनि त्यसपछिका सम्पूर्ण प्रयास असफल भए। अन्ततः फोन पनि बन्द भएको अवस्थामा देखिएको हो।

स्थानीय सुरक्षागार्ड समूह र नेपाली समुदायका साथीहरूले आसपासका क्षेत्रहरूमा खोजतलास जारी राखेपनि अहिलेसम्म उनी कुनै माध्यमबाट सम्पर्कमा आएका छैनन्। यो घटनाले परिवार, साथीभाइ र सम्पूर्ण नेपाली समुदायमा चिन्ता र पीडा फैलिएको छ।

सहयोगको अपिल

श्री मित्रलाल गिरीलाई कतै देख्नुभएमा वा उनको बारेमा कुनै जानकारी भएमा नेपाल तथा भारतमा रहेका सम्पर्क व्यक्तिहरूलाई जानकारी गराई दिनुहुन हार्दिक अनुरोध गरिएको छ।

सम्पर्क विवरण:

  • नेपाल:
    खगेन्द्र (खगेश्वर) गिरी – 📞 +९७७-९८१७४०३०५५
  • भारत:
    दीपक गिरी – 📞 ९६००८८८६४३
    जनकराज पौडेल – 📞 ९८९४७७३५०६

सम्बद्ध संस्था मार्फत अनुरोध

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति मार्फत सम्पूर्ण भारतभर रहेका नेपाली संघ–संस्था, समाजसेवी, पत्रकार तथा स्थानीय प्रहरी प्रशासन समक्ष पनि खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ।

कुनै जानकारी प्राप्त भएमा वा गिरीज्यूलाई कतै देख्नुभएमा यथाशिघ्र माथि उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध छ। उहाँको शीघ्र सुरक्षासहित फेला परुन् भन्ने हाम्रो सामूहिक अपेक्षा रहेको छ।

Gagal mengambil konten.