शुक्रबार, २८ चैत्र २०८१ २१:२९

“त्रिपाठी र चौधरीको विकल्पमा माछामा मतदान गर्नुहोस ”–अजय शाही

बुधबार, १६ कार्तिक २०७९ ०४:१९

हेल्लो नेपाल,कात्तिक १५ , नवलपरासी ।
नवलपरासी(पश्चिम) क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले जनता प्रगतिशिल पार्टी अध्यक्ष हृदेश त्रिपाठी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उद्योगी विनोद चौधरीको विकल्पमा माछा चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।


मंगलवार बर्दघाट नगरपालिका वडा न.४, महेन्द्र राजमार्ग टीसियन चौकमा जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै शाहीले पुराना र टुरिष्ट नेताहरुबाट नवलपरासीको विकास नहुँने भन्दै युवा र सक्षम व्यक्ति रोजी माछा चिन्हमा मतदान गरी आफूलाई निर्वाचित बनाउँन आग्रह गरेका हुन्।


शाहीले आफूले मन्त्रीको भएको एक वर्षमै २५ करोड बढि बजेट ल्याएको र अब संघ सरकारमा पुगे नवलपरासीका विद्यमान किसानहरुका समस्या, नागरीकता पिडितका समस्या, बाढि लगाएतको समस्या समाधान गर्नुको साथै पुर्वाधार विकास गर्न समेत आफूलाई मतदान गर्नुपर्ने बताए ।


शाही संगै यो क्षेत्रमा एमालेको सहयोगमा जनता प्रगतिशिल पार्टीबाट हृदेश त्रिपाठी र नेपाली कांग्रेसबाट उद्योगी विनोद चौधरीले प्रतिस्प्रर्धा गर्दै छन् । सम्पर्क कार्यालयको उम्मेदवार शाहीकी जिवन संगिनी समा शाहीले उद्घाटन गर्नु भएको हो ।