शनिबार, ६ बैशाख २०८२ १०:४६

देवदह नगरपालिकाको वडा नं.११ मा गुडिया बनाउने तालिमको शुभारम्भ

मंगलवार, १२ पुष २०७९ १३:२६

पुष–१२,देवदह,हेल्लो नेपाल ।
देवदह नगरपालिकाको वडा नं.११ मा महिला लक्षित गुडिया बनाउने तालिमको शुभारम्भ भएको छ । देवदह नगरपालिका वडा नं.११ को आर्थिक सहयोग र बिनि बुटिक एण्ड टेलरिंगको आयोजनामा उक्त कार्यक्रमको शुभारम्भ भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष दुधनाथ यादवले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन महिला लक्षित सीपमुलक कार्यक्रम समावेश गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरु घर भित्र मात्र सिमित हुनु पर्छ भन्ने परम्परागत रुढिबादी प्रचलनलाई चिर्न वडाले रोजगार मुखी तथा व्यवसायीकरण तर्फ महिलाहरुलाई सहभागी गराउन पनि महिला लक्षित कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

वडाध्यक्ष यादवले महिलाहरुलाई विभिन्न सिपमुलक तालिम तथा समयको माग अनुसारका आवश्यक परामर्श र तालिम दिनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै वडाले यहाँका महिला तथा पिछडिएका समुहलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

महिला लक्षित गुडिया बनाउने तालिम पुष १२ देखी १७ गते ७ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । तालिममा वडाका सबै टोल विकास संस्थाबाट प्रतिनिधित्व हुने गरी सहभागी गराईएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रम देवदह नगरपालिका वडा नं.११ का वडाध्यक्ष दुधनाथ यादवको प्रमुख आतिथ्यता,वडा सदस्यहरु राजकुमार केवट,संगिता मल्लाह,कौशिल्या हरिजन,मंगल प्रसाद थारुको सहभागिता,दिपा गुरुङ्गको अध्यक्षता र प्रिया रानाको स्वागत मन्तव्य र विद्या थारुको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।