नागरिकता बिधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य- इश्वर पोखरेल

साउन ३०,
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नागरिकता बिधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताउनुभएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको बिधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताउनुभएको हो ।
उहाले केवल चूनावी स्वार्थका लागि बिदेशीहरुसंगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ बिधेयक ल्याएको आरोप लगाउनुभयो । यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको बिधेयक एउटै भन्नु सरासर गलत भएको उहाले बताउनुभयो । संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता बिधेयक देशको राष्ट्रिय स्वाधिनताको बिपरित रहेकाले मान्य नहुने पोखरेलले बताउनुभयो । अव नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उहाको भनाई छ ।
त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थीरताको प्रमुख कारक बनेको जिकिर गर्नुभयो । उहाले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको बिरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताउनुभयो ।
उहाले संगठनलाई बलियो बनाउदै पार्टीलाई समेत मजबुद बनाउने गरि काम गर्न अनेरास्ववियुलाई सुझाव दिनुभयो ।