शुक्रबार, २८ चैत्र २०८१ २३:०८

नागरिकता विधेयक प्रमाणीकरणसगैं संविधान ट्रयाकमा आयो-‘प्रचण्ड’

सोमबार, २२ जेष्ठ २०८० १२:०९

हेल्लो नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको दावी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले प्रक्रिया पूरा गरेपछि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पुगेको बियेधक राष्ट्रपतिबाट प्रमाणीकरण भएका कारण संविधान ट्रयाकमा आएको दावी गरेका हुन् । 

उनले जनताको हितलाई राखेर नै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले अनुरोध गरेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्ट्रपतिले दराजमा हाल्दिए लोकतन्त्रमाथि घात हुने खतरा समेत देखिएको जिकिर गरे । उनले  दुवै सदनले विधि सम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न नमिल्ने तर्क समेत गरे । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कैयौं विषयमा छलफल भएको र राष्ट्रिय हित  र स्वाधिनताको विषयमा सरकार चिन्तित रहेको दाबी गरे । उनले आफु धर्म निरपेक्षतावादी भएको र जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्न हुँदैन भन्ने मान्यता रहेको प्रस्टीकरण दिए । 

उनले नेपाल–भारत सीमा विवादका विषयमा दुवै पक्ष बसेर छलफल गर्नुपर्नेमा जोड दिए ।