बिहीबार, ४ बैशाख २०८२ ०९:३६

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

शनिबार, १६ असार २०८० ०७:२४

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका–५ तीन किलोमा  बिहान पहिरो खस्दा पुनःसडक अबरुद्ध भएको हो । 

सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । अविरल वर्षाका कारण पुनः सोही स्थानमा पहिरो  खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।