शनिबार, ६ बैशाख २०८२ ०६:५६

नेकपा एमालेका सचिव विश्वकर्मा द्धारा विभिन्न योजनाको अनुगमन

सोमबार, २० मंसिर २०७८ १३:४५

मंसिर २०, हेल्लो नेपाल ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पर्यटन क्षेत्रको विकासबाट राष्ट्रको उन्नतिमा योगदान पुग्ने बताउनु भएको छ । रुपन्देहीको देवदहमा रहेको गौतम वुद्ध पार्कको अवलोकन गर्दै विश्वकर्माले देवदह क्षेत्र आफैमा ऐतिहासिक रुपले पहिचान बोकेको क्षेत्र भएको बताउदै वुद्ध पार्कले पर्या पर्यटनको समेत प्रवर्द्धन हुने धारणा राख्नु भएको थियो ।

देवदहको पहिचान र परिचयलाई विस्तार गर्न सवैको साथ र सहयोगको आवश्यकता रहने औंल्याउदै प्रतिनिधि सभा सदस्य समेत रहनु भएका विश्वकर्माले आफुले त्यसका लागि अगुवाई गर्ने बताउनु भयो । वर्तमान गठबन्धन सरकारले ओली नेतृत्वको सरकारले विकास बजेट कटौती गरेर विकासको लहरलाई अवरुद्घ पार्ने प्रयत्न गरेको आरोप लगाउदै उहाले एमालेको अगुवाईमा विकास कामहरु तिव्र पारिने ठोकुवा गर्नु भएको थियो । पार्टीका सचिव विश्वकर्माले देवदहमा विनियोजन भएका स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको अनुगमन गर्दै थप विकासका योजनाहरुले आफुले प्राथमिकतामा राखेको बताउनु भयो ।

विश्वकर्माले देवदह योग भवन, व्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय भवन, दलित सामुदायिक भवन, देवदह वडा नम्वर ४ र देवदह ११ तथा १२ को निर्माणाधीन सडकको अनुगमन गर्नु भएको थियो । अनुगमन कार्यक्रममा नेकपा एमालेका पुर्व केन्द्रीय सल्लाहकार डिल्लीराज पन्थ, लुम्बिनी प्रदेश कमिटी सदस्य रेवती घले, जिल्ला सदस्य प्रकाश अर्याल , जिल्ला सल्लाहकार रामप्रसाद सापकोटा , नगर कमिटी अध्यक्ष टिकाराम चापागाइ, उपाध्यक्ष हिरा थापा बन्धु कुमाल, तोलराज विक, दिपक चापागाईं सरोज थापा लगायतको उपस्थिति रहेको थियो । त्यसै गरि नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा निर्वाचित भए पश्चात पहिलो पटक क्षेत्रमा आउनु भएका विश्वकर्मालाई स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेका थिए ।