नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

मंसिर १४, हेल्लो नेपाल ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न मतदानको मतपरिणाम अनुसार ओलीले १ हजार ८४० मत पाउनुभएको छ । त्यस्तै ओलीका प्रतिष्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले १ हजार ९७६ मत ल्याउँदै निर्वाचित हुनुभयो । त्यस्तै उपाध्यक्षका लागि भएको निर्वाचनमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवास नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । यस्तै, रामबहादुर थापा बादलले १ हजार ७६८ मत पाउनुभयो । निर्वाचनमा घनश्याम भुसाल भने पराजित हुनुभयो ।
यस्तै, ७ सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले सर्वाधिक १ हजार ९७६ मत प्राप्त गर्नुभयो । त्यस्तै, योगेश भट्टराईले १ हजार ९६४, पद्मा अर्याल र छविलाल विश्वकर्माले समान १ हजार ८००, माओवादीबाट एमाले पुगेका लेखराज भट्टले १ हजार ७०४ र टोपबहादुर रायमाझीले १ हजार ७०० मत प्राप्त गरि सचिवमा निर्वाचित हुनुभयो । त्यस्तै रघुविर महासेठ १ हजार ५१३ मत ल्याउँदै सचिवमा निर्वाचित हुनुभयो । भीम आचार्य टंक कार्की सचिव पदको निर्वाचनमा पराजित हुनुभयो । यस्तै एमालेको दशौं राष्ट्रिय महाधिवेशनले बिभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ ।