शनिबार, ६ बैशाख २०८२ ०१:०२

नेकपा एमालेको सिद्धार्थनगर नगरपालिका वडा नं १३ मा टोल कमिटी गठन

शुक्रबार, ११ चैत्र २०७८ १६:०३

भैरहवा- नेकपा एमालेले सिद्धार्थनगर नगरपालिका वडा नं १३ मा टोल कमिटी गठन गरेको छ । एमालेको टोल कमिटी गठन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका सदस्य एवम सिद्धार्थनगर सह इन्चार्ज उमा अधिकारीले नेकपा एमालेको संगठन प्रत्येक टोल टोलमा बिस्तार गर्दै पार्टीका गतिबिधिलाई प्रचार गर्दै एमालेले जनताको पक्षमा गरेका कामहरु जनतामा लैजान आग्रह गरे । उनले बताएकि छिन, फेरी पनि नेकपा एमाले पहिलो पार्टी बनदै देश र जनताको सेवामा कुनै पनि कन्जुस्याइँ नगरि निस्वार्थ भबनाका साथ अगि बढने बिश्वास दिलाएकि छिन ।

टोल कमिटी गठन कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटीका सदस्य एवम नगर सह -इन्चार्ज डिजाईन थापाले शोषीत वर्ग उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएको हुनाले सारा जनता एमालेको पक्षमा रहेको र नेकपा एमालेलाई भारी बहुमतका साथ स्थानिय चुनावमा विजयी गराउन जनताहरु आतुर रहेको बताएका छन। सिद्धार्थनगर नगरपालिका वडा नं १३ सुर्य पथ, शान्तिनगर ,मगर टोल, जोति पथ, सृज्ना पथ, भएको टोल कमिटी गठनमा नेकपा एमाले वडा नं १३ का अध्यक्ष भिम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सिद्धारथनगरका उप-सचिब कुमार गुरुङ ,वडा इन्चार्ज केदारमान राज भण्डारी, सह -इन्चार्ज सतिस मर्सानी सदस्य अर्जुन गौतम लगायतले मन्तब्य राखेका थिए । नगर कमिटिका सदस्य लक्ष्मी जान्नधर, अनेमा सङग रुपन्देहीका सदस्य शिब श्रेष्ठ , रास्ट्रिय युवा शङग , नेपाल नगर कमिटीका सह – सचिब मनिष पाण्डे लगाएतको उपस्थिती रहेको थियो । सुर्य पथ, मगर टोल, जोति पथ सृजना पथ शानतिनगर पृथ्वी बहादुर मगरको को अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन भएको नेकपा एमालका वडा उप -सचिब सबिता रसालीले जानकारी दिइन ।